वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोटेकोशीको बाढीले ११ बैंकका २६ कर्मचारी अझै बेपत्ता, खोजी कार्य जारी

भोटेकोशीको बाढीले ११ बैंकका २६ कर्मचारी अझै बेपत्ता, खोजी कार्य जारी
अर्थटुडे
२०८३ भाद्र १५, सोमबार

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ११ वटा बाणिज्य बैंकका २६ जना कर्मचारीहरु अझै हराइरहेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित जिल्ला रसुवा र नुवाकोटका शाखा रहेका ति बाणिज्य बैंकका ११५ कर्मचारीमध्ये ८७ जना भने सुरक्षित रहेका छन् । त्यस्तै ८ जना घाइते भएको र उनीहरुको उपचार भइरहेको संघले जनाएको छ ।

संघका अनुसार कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोवल आइएमइ बैंक, हिमालय बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नविल बैंक र सानिमा बैंकको एक एक शाखा मात्र बाढी प्रभावित रहेको छ ।

एनआइसी एसियाको ३ वटा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ वटा र प्रभु बैंकको २ वटा शाखा पुर्ण रुपमा क्षती भएको छ ।

त्यस्तै कृषि विकास बैंकको भने आफ्नै भवन क्षती भएको संघले जनाएको छ । हराइरहेको कर्मचारीहरुको खोजीकार्य जारी रहेको पनि संघले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?