वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाह्र बैंकको २६ कमर्चारी सम्पर्क विहिन, साढे ५५ करोड सम्पत्ति नष्ट

बाह्र बैंकको २६ कमर्चारी सम्पर्क विहिन, साढे ५५ करोड सम्पत्ति नष्ट
अर्थटुडे
२०८३ भाद्र १६, मंगलवार

काठमाडौ । भोटेकोशीको बाढीले रसुवा र नुवाकोटका १२ वटा बाणिज्य बैंकहरुको जना कर्मचारीहरु अझै हराइरहेका छन् । नेपाल बैंकर्स संघका अनुसार १२ वटा बाणिज्य बैंकका १६ वटा शाखामा कार्यरत ११५ जना कर्मचारीमध्ये ५ जना घाइते छन् भने ८७ जना सुरक्षित रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ जना कर्मचारीहरु हराइरहेका छन् । त्यस्तै प्रभु र एनएमबी बैंक ४/४ जना, सानिमा बैंकको २ जना माछापुच्छ्रेको ५ जना, लक्ष्मी सनराइजको २ र हिमालयन र ग्लोवल आइएमई बैंकको एक एक जना सम्पर्क विहिन रहेको बैंकले जनाएको छ।

त्यस्तै बैंकर्स संघले उपलव्ध गराएको तथ्यांक अनुसार बाणिज्य बैंकहरुको भल्ट र नगद बाहेक नै ५५ करोड ६८ लाख ७० हजार ५१७ रुपैयाँ रकम बराबरको सम्पत्ति नष्ट भएको छ । सवैभन्दा बढी कृषि विकास बैंकको ५० करोड बरारको सम्पत्ति नष्ट भएको छ ।

त्यस्तै संघका अनुसार १ करोड १७ लाख बराबरको काउन्टरमा राखेको रकम बाढीले बगाएको छ भने १७ करोड २४ लाख रुपैयाँ भल्टमा राखेको रकम बाढीले बगाएको छ ।

हेर्नुहोस् कुन बैंकको कति क्षति ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?