वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुडीरहेको आयोनको इभी गाडी जल्दा चितवनमा एकजनाको मृत्यु, सनाखत हुन बाँकी

गुडीरहेको आयोनको इभी गाडी जल्दा चितवनमा एकजनाको मृत्यु, सनाखत हुन बाँकी
अर्थटुडे
२०८३ भाद्र २६, शुक्रबार

काठमाडौ । जीएससी आयोनको गाडी भरतपुरमा आगलागी हुदा एक जनाको जलेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा गुडीरहेको सो ब्राण्डको गाडीमा आगलागी हुदा एक पुरुषको मृत्यु भएको हो ।
आगो लागेर कारभित्रै जलेको पुरुषजस्तो देखिने व्यक्तिको पहिचान हुन नसकेको पजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शुक्रबार विहान बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आ गलागी भएको हो। प्रहरीका अनुसार गाडीमा लागेको आगो निभाउन दमकलको प्रयोग गरिएको थियो ।
जीएससी आयोनको गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?