वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दिगो पर्यटनतर्फ नेपाल

प्रणालीगत परिवर्तनको यात्रामा सीईओ दीपकराज जोशी

प्रणालीगत परिवर्तनको यात्रामा सीईओ दीपकराज जोशी
अर्थटुडे
२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौं । विश्व पर्यटन बजार (डब्लूटीएम) २०२५ का अवसरमा नेपालले दिगो पर्यटनलाई नयाँ दिशा दिन तयार रहेको सन्देश प्रवाह गरेको छ। बेलायतको एक्सल लन्डनमा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले “जिम्मेवार र दिगो पर्यटन अब नेपालको विकासको केन्द्रबिन्दु बनेको” बताए।

“सस्टेनेबल सिफ्ट स् सर्कुलर अर्थतन्त्रमार्फत दिगो पर्यटनको रूपान्तरण”शीर्षकको सत्रमा उनले नेपालले सतही हरित अभियानभन्दा अघि बढेर “सिस्टम परिवर्तन” तर्फको यात्रा सुरु गरिसकेको बताए।

“हाम्रो ध्यान वातावरण संरक्षणसँगै स्थानीय सशक्तीकरण र आर्थिक दीगोपनबीच सन्तुलन कायम गर्नमा केन्द्रित छ,” उनले भने, “नेपाल दिगो पर्यटनको वास्तविक अभ्यासमा अघि बढिरहेको छ।”

जोशीले नेपालका पर्वतीय र ग्रामीण क्षेत्रहरूमा सामुदायिक सहभागिता, स्रोत पुनःप्रयोग, फोहोर व्यवस्थापन र न्यून कार्बन यात्रालाई दीगो पर्यटनको मुख्य आधारका रूपमा अगाडि बढाइएको बताए।

उक्त छलफल ‘ट्रोभ टुरिज्म डेभलपमेन्ट’ले आयोजना गरेको थियो, जहाँ विश्वभरका पर्यटन विज्ञहरूले सर्कुलर अर्थतन्त्रका अभ्यास र त्यसका चुनौतीबारे विचार साटासाट गरे। छलफलले दिगो पर्यटनलाई भविष्यको आवश्यकता र प्रतिस्पर्धी पर्यटन बजारको प्रमुख दिशा भनेर निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?