काठमाडौ । चारवटा जलविद्युत आयोजनाहरुले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत पाएका छन् । सोमबार बसेको मन्त्री परिषद्को बैठकले सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेती खोला जलविद्युत् आयोजनलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यो निर्णयसँगै लामोसमयदेखि वन क्षेत्रका कारण रोकिएको यी आयोजनाहरुको काम सुरु हुने छ ।
प्रतिक्रिया