वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुबाट कर्जा नबढ्दा लामो अवधिको लागि तरलता उठाउदै राष्ट्र बैंक

बैंकहरुबाट कर्जा नबढ्दा लामो अवधिको लागि तरलता उठाउदै राष्ट्र बैंक
अर्थटुडे
२०८२ कार्तिक २३, आईतवार

काठमाडौं । बैंक, वित्तीय संस्थाहरुको कर्जा प्रवह नबढ्दा बजारमा अधिक तरलता भएसँगै नेपाल राष्ट्र बैंकले लामो अवधिका लागि तरलता प्रशोचन गर्न थालेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्ला ३ वर्षदेखि केन्द्रीय बैंकले बजारबाट लगातार तरलता प्रशोचन गर्दै आएको छ । तर, पछिल्लो समयमा देखिएको अधिक तरलताको चाप तत्काल समाधान नहुने भएपछि केन्द्रीय बैंकले लामो अवधिका उपकरणबाट रकम उठाउन थालेको हो ।

आईतबार केन्द्रीय बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ८४ दिनको लागि उक्त तरलता खिच्न लागेको हो ।

सामान्यतया राष्ट्र बैंकले ७, १४, २१ र ४२ दिन अवधिसम्मका लागि निक्षेप संकलन उपकरण जारी गर्दै आएको दुई साता यताभने १७५ दिन अवधिको पनि जारी गर्न थालेको हो । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुविधा दिदै आएको छ ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा छोटो अवधिको लागि स्थायी निक्षेप सुविधा उपलब्ध गराइरहेको छ । त्यस्तै मध्यम अवधि र केही लामो अवधिको लागि तरलता प्रशोचन गर्न निक्षेप संकलन बोलकबोलको प्रयोग गरीरहेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएसँगै केन्द्रीय बैंकले खिचेको तरलता रकम ८ खर्ब २९ अर्ब ८५ करोड रुपैयाँ पुगिसकेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?