काठमाडौं । नेपालमा भारतीय डिजिटल भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) मार्फत हुने कारोबार तीव्र गतिमा बढ्न थालेको छ ।
नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले मोवाईल कोडमार्फत भुक्तानी गर्ने कारोबार बढीरहेको अवस्थामा अन्तरदेशिय रेमिट्यान्स पनि सुरु भएसँगै भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) ले नेपालमा क्रस बोर्डर कारोबारलाई थप विस्तार र प्रवर्द्धनमा जुटेको छ ।
नेपाल–भारतबीच सीमापार डिजिटल भुक्तानीलाई अघि बढाउने समझदारी सन् २०२३ जुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको थियो । त्यसपछि नेपालको भुक्तानी सेवा प्रदायक फोनपे र भारतको भीम युपीआई सहकार्य भएपछि भारतीय नागरिकले नेपालमा फोनपे नेटवर्कमा आबद्ध व्यवसायीका क्युआर कोडमार्फत सहजै भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि भारतीय क्युआर भुक्तानीको बढ्दो प्रभाव देखाएको छ । जेठ महिनामा मात्रै भारतीय क्युआर मार्फत ४ लाख ६१ हजारभन्दा बढी कारोबार भएका छन् । ती कारोबारको कुल मूल्य १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । एक वर्ष अघि जेठमा भने यस्तो कारोबार मासिक ४० करोड मात्र थियो ।
भारतीय पर्यटकको संख्या र उनीहरूको डिजिटल भुक्तानीप्रतिको बढ्दो निर्भरताले नेपालमा क्युआरको प्रयोग विस्तार हुँदै गएको हो । फोनपे नेटवर्कमार्फत चन्द्रागिरि हिल्स, मनकामना, पशुपतिनाथ मन्दिरलगायत प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यसँगै विभिन्न व्यावसायिक प्रतिष्ठानमा क्युआर भुक्तानी स्वीकार भइरहेको छ । यसले भारतीय पर्यटकलाई नगद बोक्नुपर्ने बाध्यता घटाउनुका साथै नेपाली व्यवसायीलाई भारतीय ग्राहकको ठूलो बजारसम्म सहज पहुँच दिएको छ ।
एनआईपीएलका अनुसार सन् २०२५ मा मात्रै भारतबाट २ लाख ९० हजारभन्दा बढी पर्यटक नेपाल आएका थिए । भारतीय पर्यटकको बढ्दो आगमनसँगै ग्एक्ष् नेपालमा डिजिटल भुक्तानीको महत्वपूर्ण माध्यम बन्दै गएको एनआईपीएलका बन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
कम्पनीले नेपालमा घुम्न आउने भारतियहरुलाई क्युआरमार्फत कारोबारमा प्रोत्साहन गर्न विभिन्न प्रवद्धनका कार्यक्रम गरिरहेको शुक्लाले जानकारी दिए । कम्पनीले नेपाल प्रवेश विन्दु एरपोर्ट तथा नाकाहरुमा यससम्बन्धी होडिङ बोर्डहरु राखेको र इन्फ्युएन्सरमार्फत पनि प्रोत्साहन गरिरहेको बताए ।
भारतमा नेपाली क्युआर कहिले ?
नेपालमा भारतीय क्युआर मार्फत भुक्तानीको पहुँच विस्तार भइरहे पनि भारतमा भने नेपाली बैंक तथा भुक्तानी सेवा प्रदायकका क्युआर मार्फत मर्चेन्ट भुक्तानी गर्ने सुविधा अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
भारत नेपाली नागरिकको प्रमुख वैदेशिक गन्तव्यमध्ये एक हो । रोजगारी, अध्ययन, उपचार, व्यापार तथा भ्रमणका लागि ठूलो संख्यामा नेपाली भारत जाने भएकाले नेपालतर्फबाट भारतमा पनि यस्तै त्तच् भुक्तानी सुविधा विस्तार भए दुई देशबीचको डिजिटल कारोबार थप सन्तुलित र सहज बन्ने देखिन्छ ।
विशेषगरी नेपालमा भारतीय पर्यटकले क्युआर प्रयोग गर्न पाउने तर भारत जाने नेपालीले समान प्रकृतिको सुविधा तत्काल नपाउने अवस्थाले सीमापार डिजिटल भुक्तानीमा एकतर्फी प्रवाह बढी देखिएको छ ।
रियल–टाइम रेमिट्यान्स
क्युआर भुक्तानीसँगै नेपाल–भारतबीचको डिजिटल वित्तीय सहकार्य अर्को चरणमा पनि विस्तार भइरहेको छ । एनपीसीआई र नेपाल क्लियरिङ हाउसबीचको सहकार्यमा सञ्चालनमा आएको पर्सन–टु–पर्सन (पीटुपी) रियल–टाइम रेमिट्यान्स सेवा पनि प्रयोगमा आउन थालेको छ ।
यस प्रणालीमार्फत नेपाली र भारतीय प्रयोगकर्ताले प्राप्तकर्ताको बैंक खातामा तत्काल रकम पठाउन सक्छन् । बैंक खाताको संवेदनशील विवरण आदानप्रदान नगरी रकम पठाउन सकिने भएकाले यो प्रणाली सीमापार रेमिट्यान्सका लागि थप सहज र सुरक्षित विकल्पका रूपमा अघि आएको छ ।
प्रतिक्रिया