काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विहिबारमात्र तीन कम्पनीको ३७ लाख ७३ हजार २७५ कित्ता सेयर कारोबारका लागि सूचिकृत भएको छ ।
सिद्धार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४६ हजार ७७६ कित्ता बोनस सेयर, युनाइटेड फाइनान्सको ९ लाख २७ हजार ९९ कित्ता बोनस सेयर र प्रोग्रेशिभ फाइनान्सको ९८ हजार ४०० कित्ता हकप्रद सूचिकृत भएको नेप्सेले जनाएको छ ।
बजारमा बोनस र हकप्रदका कारण सेयर आपूर्ति बढ्दा बजार भने सुस्ताएको छ । विहिबार पनि नेप्से ०३३ अंकले मात्र बढेको छ ।
प्रतिक्रिया