वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार थोरै अंकले बढ्यो तर कारोबार भने ३० करोडमा सिमित

अर्थटुडे
२०७३ माघ ९, आईतवार

काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) साताको पहिलो दिन थोरै अंकले बढेको छ भने कारोबार करिव ३० करोडमा सिमित भएको छ । आइतबार वाणिज्य बैंकको उपसुचक ५.३९ अंकले, होटल, बिमा, उत्पादनमूलक र अन्य समूहमा क्रमशः ८.२१, ३.४, ३३.३८ र २.६ अंकले बढेको छ । त्यस्तै जलविद्युत १३.५८ अंक, विकास बैंक र फाइनान्सको उपसुचक क्रमशः २.४ र ४.२८ अंकले घटेको छ ।

’’क’’ वर्गका कम्पनीहरुको सेयरमा खरीदकर्ताको आकर्षण देखिएको छ । यसदिन धेरै कारोबार गर्ने कम्पनीहरुमा प्रभूू बैंकको ६ करोडको संस्थापक सेयर किनबेच भयो । त्यस्तै नेपाल एसबीआई बैंकको १ करोड ८२ लाख, सिद्धार्थ बैंकको १ करोड ४४ लाख, प्रभूू बैंकको १ करोड ३८ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६ लाख रहेका छन् ।

यसदिन कुल १३२ कम्पनीका ७ लाख २९ हजार ८ सय कित्ता सेयर २९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार धेरै कमाउनेमा राष्ट्रिय बिमा संस्थान र नेपाल एसबीआई बैंक लगायतका लगानीकर्ताहरु रहेका छन् । त्यस्तै गुमाउनेहरुमा ग्रीन डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंकका लगानीकर्ताहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?