काठमाडौं । एक करोड रुपैयाँ चुक्तापुँजी भएका ब्रोकर कम्पनीहरुले मात्र उपत्यका बाहिर शाखा वा रिमोट वर्क स्टेसन खोल्न पाउने भएका छन् । मंगलबार नेप्सेले प्रेस विज्ञप्ति जारी गरी तत्कालका लागि एक करोड चुक्तापुँजी भएका कम्पनीहरुले उपत्यका बाहिर शाखा खोल्न पाउने र त्यस्ता कम्पनीहरुले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी २ करोड पु¥याउनु पर्ने पनि प्राबधान राखेको छ ।
नेप्सेले उपत्यकाबाहिरका ब्रोकरको शाखा कार्यालय वा रिमोट वर्क स्टेसनलाई काठमाडौंमा रहेको मुख्य कार्यालयले व्यवस्था गरेको डिपोजिटको आधारमा मात्र कारोबार लिमिट दिइने भएको छ ।
त्यस्तै नेप्सेले रिमोट वर्क स्टेसनको लगि मोनिटरिङ को व्यवस्था हुने तथा प्रत्येक दिन कारोबार सकिएपछि शाखा कार्यालय तथा रिमोट वर्क स्टेसनले गरेको कारोबारको विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई दिनुपर्ने व्यवस्था गरिने जनाएको छ ।
ब्रोकर कम्पनाीले शाखा विस्तार गर्दा ब्रोकर कम्पनीको पुँजी, पूर्वाधार, जोखिम व्यवस्थापन, जनशक्ति तथा राफसाफ फस्र्योट व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिने भएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि मात्र शाखा कार्यालय खोल्न पाइनेछ । ब्रोकर कार्यालय खोल्नका लागि अनुमति दिन नेप्सेले बोर्डलाई सिफारिस गरिसकेको जनाएको छ ।
प्रतिक्रिया