काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणलाई छुट्याएको १७ करोड २५ लाख मूल्य बराबरको १७ लाख २५ हजार कित्ता प्राथमिक सेयर निश्कासनका लागि आजबाट आवेदन खुल्ला गरेको छ । यसमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीले जारी गर्नेमध्ये ३४ हजार ५ सय कित्ता सेयर कर्मचारीको लागि र सामुहिक लगानी कोषको लागि ८६ हजार २ सय ५० कित्ता सेयर छुट्याएको छ । बाँकी सेयर सर्वसाधारणलाई बाडफाड गरिने निश्कासनमा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केटले जनाएको छ ।
यूनाइटेड मोदीले यसअघि ११ करोड ५० लाख रुपैयाँ मूल्यको ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई गत भदौ २६ देखि बाडफाड गरिसकेको छ ।
कम्पनीको यो सेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत पक्ष औसत रहेको भन्ने हो ।
यी ठाउँबाट आवेदन दिनुहोस् :
१) एनआइबिएल क्यापिटल मार्केटेस, काठमाण्डौ, २) सिबीआइएल क्यापिटल, डिल्लीबजार काठमाण्डौ । ३) काठमाण्डौ क्यापिटल मार्केट, काठमाण्डौ प्लाजा, कमलादी । ४) भिबोर क्यापिटल,कृष्णगल्ली, ललितपुर । ५)गोर्खाज् फाइनान्स, डिल्लीबजार काठमाण्डौ तथा शाखा कार्यालयहरु बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्यबिनायक,दमक, धरान, इटहरी, नारायणगढ र बिर्तामोड । ६)गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु चावहिल, हेटौडा, वीरगञ्ज र चारआली(झापा) । ७)आइसीएफसी फाइनान्स, भाटभटेनी काठमाण्डौ तथा शाखा कार्यालयहरु बौद्ध, मैतीदेवी, गोंगबु, पेप्सीकोला, न्यूरोड र बनेपा । ८)सिनर्जी फाइनान्स कमलादि, काठमाण्डौ तथा शाखा कार्यालयहरु गोंगबु, न्यूरोड पोखरा र मिलनचोक बुटवल । ९)हाम्रो विकास बैंक, बिदुर ३, नुवाकोट । १०)ग्रीन डेभलपमेन्ट बैंक, बाग्लुंग । ११) साझा विकास बैंक, धनगढी, कैलाली तथा शाखाहरु टिकापुर र महेन्द्रनगर ।
प्रतिक्रिया