वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी प्रतिबद्धताको असर सेयर बजारमा, नेप्से २५ अंकले उकालो, कारोबारमा पनि बढोत्तरी

अर्थटुडे
२०७३ फाल्गुन २२, आईतवार

काठमाडौं । गत शुक्रबार मात्र सम्पन्न लगानी सम्मेलनको असर आइतबारको सेयर बजारमा परेको छ । लगानी सम्मेलनमा विभिन्न लगानीकर्ताहरुले करिव १४ खर्व बराबरको लगानी प्रतिवद्धता जनाएका थिए । त्यसको मनोबैज्ञानिक असर बजारमा परेको हुदा साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) २४.९३ अंकले उकालो लागेको छ ।

यसदिन समूहगत परिसुचकहरुमा पनि हरियाली छाएको छ । नेपालमा लगानीको बातावरण बन्दै जाने र राजनीतिक स्थायीत्व कायम हुने आशामा लगानीकर्ताहरु फेरी जुर्मूराएका छन् । लगानीकर्ताहरुमा लगानी थपिने आशा जागेकोले पनि बजार बढ्न अहम भुमिका खेलेको बजार विष्लेकहरुको दावी रहेको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले सिसिडि रेसियोमा लचकता देखाउदा बजारमा करिब डेढ खर्वको हाराहारीमा तरलता प्रबाह हुने भएपछि पनि लगानीकर्ताहरु थप उत्साहित भएका छन् । नेपाल राष्ट्र बैंकले केही दिन अघिमात्र प्रत्यक्ष विपन्न वर्ग कर्जा र उत्पादनमूलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत सिसिडिमा घटाउनको लागि बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको थियो ।

आइतबार बजारमा अन्य समूहको ०.२९अंकले ओरालो लागेपनि बाँकी सम्पुर्ण समूहगत परिसुचक उकालो लागेको छ ।
यसदिन सवैभन्दा बढी बिमा समूहको २२६.२ अंकले उकालो लागेको छ । त्यस्तै बैंकिङ २३.१४, होटल ४७.९३, विकास बैंक २५, जलविद्युत १७.५५,फाइनान्स ७.७ र उत्पादनमूलक समूह २१.७९अंकले उकालो लागेको छ ।

यसदिन सबैभन्दा बढी ग्लोवल आइएमइ बैंकको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै धेरै कारोबार हुनेहरुमा नेपाल लाइफ इन्सुरेन्स, लाइफ इन्सुरेन्स कम्पनी,नेपाल बंगलादेश बैंक र सनराइज बैंक लिमिटेडको प्रमोटर सेयर रहेको छ ।

त्यस्तै यसदिन सवैभन्दा बढी कमाउनेहरुमा राजएसडिसि लघुवित्त संस्था,नेरुडे लघुवित्त विकास बैंक,एनबी इन्सुरेन्स रहेका छन् । यी कम्पनीहरुले आइतबार झण्डै १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।

आइतबार सवैभन्दा बढी गुमाउनेहरुमा गुह्वेश्ह्वरी मर्चेन्ट बैंक,बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्सुरेन्स प्रमोटर सेयर, मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् ।
आइतबार १४१ कम्पनीहरुको ६१ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?