वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

३८ करोड ६९ लाख बराबरको आइपीओ आउँदै, तीन कम्पनीले एफपीओ जारी गर्ने

अर्थटुडे
२०७३ फाल्गुन २३, सोमबार

काठमाडौं । विभिन्न १० वटा कम्पनीहरु ३८ करोड ६९ लाख ५४ हजार ३०० रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) निष्कासनको पर्खाइमा रहेका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार ति १० कम्पनीमध्ये ८ वटा कम्पनीहरु भने जलबिद्युत क्षेत्रको रहेका छन् ।
बोर्डका अनुसार आखुखोला जलविद्युत कम्पनीले आठ करोड बराबरको आइपीओ स्थानीय बासिन्दाको लागि जारी गर्न बोर्डमा निवेदन दिएको छ ।

त्यस्तै मैलुङखोला जलविद्युत कम्पनीले ३ करोड ९८ लाख , गर्जाङ उपत्यका हाइड्रो पावर कम्पनीले दुई करोड, रादी विद्युत कम्पनीले ४ करोड १० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाको लागि निष्कासन गर्न बोर्डमा निबेदन दिएका छन् ।

त्यस्तै जोशी हाइड्रो पावर कम्पनीले ३ करोड ७१ लाख ४० हजार, रैराङ हाइड्रो पावर डेभलपमैन्टले ५ करोड ६० लाख र सुभम पावर लिमिटेडले २ करोड रुपैयाँ बराबरको स्थानीय बासिन्दाको लागि आइपीओ जारी गर्ने तयारी गरिरहेको छ ।

छ्याङदी हाइड्रो पावर लिमिटेडले आम सर्बसाधरणको लागि ५ करोड ४० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । माहुली सामुदायिक लघुवित्त वित्तिय संस्था र स्वदेशी लघुवित्त वित्तिय संस्थाले क्रमशः१२ करोड र तीन करोड रुपैयाँ बराबरको आम सर्वसाधरणलाई आइपीओ जारी गर्नका लागि बोर्डमा निवेदन दिएको छ ।

त्यस्तैगरी महाकाली विकास बैंक, प्रिमियम इन्सुरेन्स र शिखर इन्सुरेन्स कम्पनीको क्रमशः दुई लाख ३६ हजार,६ लाख ५९ हजार र १३ लाख ६२ हजार कित्ता सेयर भने एफपीओ जारी गर्ने तयारी भइरहेको छ ।

ति कम्पनीहरुमध्ये महाकाली बिकास बैंकको धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धक सिद्धार्थ क्यापीटल रहेको छ भने बाँकी दुईवटा कम्पनीको एफपीओको धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धक क्रमशः एनएमबी क्यापिटल र एनआइबीएल क्यापिटल रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?