वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से थोरै अंकले बढ्दा ७४ करोड भन्दा बढीको कारोबार

अर्थटुडे
२०७३ फाल्गुन २३, सोमबार

काठमाडौं । आइतबार करिव २५ अंकले बढेको सेयर बजार सोमबार थोरै अंकले मात्र बढेको छ । यसदिन कारोबार रकम पनि आइतबारको तुलनामा १३ करोडले बढेर ७४ करोड भन्दा माथि पुगेको छ ।

सोमबार सेयर बजार परिसुचक (नेप्से) ४.०७ अंकले बढेको छ । यसदिन फाइनान्स २.१८ र इन्सुरेन्स ३.५२ अंकले घटेको छ तर बाँकी सवै समूह उकालो लागेको छ ।

बैकिङ समूह ५, होटल ९.४४, विकास बैंक १.४८, जलविद्युत ६.७३, उत्पादनमूलक ०.३२ र अन्य समूह ५.७८ अंकले उकालो लागेको छ ।
यसदिन सवैभन्दा बढी नेपाल बंगलादेश बैंकको ११ करोडको कारोबार भएको छ ।
त्यस्तै ग्लोवल आइएमइ बैैंकको र एनसीसी बैंक दुवैको नौ करोड भन्दा बढीको कारोबार भयो ।

सोमबार सवैभन्दा बढी कमाउनेमा नेपाल ग्रामीण विकास बैंक,आरएसडिसि लघुवि त्त वित्तिय संस्था र सेती फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । उनीहरुले यसदिन ७ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

त्यस्तै गुमाउनेहरुमा सिन्धुविकास बैंकका लगानीकर्ताहरु रहेका छन् । उनीहरुले यसदिन आफ्नो सम्पत्ति ७ प्रतिशत भन्दा बढीले गुमाएका छन् । पुर्णिमा विकास बैंक, वमी माइक्रोफाइनान्स र एनबी इन्सुरेन्सका लगानीकर्ताहरुले पनि यसदिन गुमाएका छन् ।

सोमबार दिनभर १४१ कम्पनीको १५ लाख ५० हजार कित्ता ७४ करोड ७३ लाख रुपैयाँमा किनवेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?