वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीतिक अस्थिरता बढेसँगै बजार दोहोरो अंकले ओरालो, कारोबारमा पनि गिरावट

राजनीतिक अस्थिरता बढेसँगै बजार दोहोरो अंकले ओरालो, कारोबारमा पनि गिरावट
अर्थटुडे
२०७३ फाल्गुन २४, मंगलवार

काठमाडौं । देशमा अस्थिरता बढ्दै गएपछि बजारमा लगानीकर्ताहरुको मनोवल पनि गिर्दै गएको छ । सोमबार सप्तरीमा भएको घटनाले देशमा अस्थिरता निम्तिन सक्ने डरले लगानीकर्ताहरु डराएका छन् ।  साताको पहिलो दिन सेयर बजार परिसुचक दोहोरो अंकले बढेको थियो । तर सोमबार थोरै अंकले मात्र बढेको बजार मंगलबार भने दोहोरो अंकले गिरावट आएको छ ।

लगानीकर्ताहरु सोमबार हौसिएका थिए । जसले बजारमा ७४ करोडको कारोबार भएको भएको थियो तर मंगलबार भने ४१ करोडको मात्र सेयर कारोबार भएको छ । यसदिन सेयर बजार परिसुचक (नेप्से) १६.८५ अंकले ओरालो लागेको छ । त्यस्तै सम्पुर्ण समूहगत परिसुचक पनि मंगलाबार ओरालो लागेको छ ।

यसदिन बैकिङ समूह १९.८, विकास बैंक १४(८२, होटल ४३.४४, जलबिद्युत ७.३, फाइनान्स ०.६३, विकास ७४.५७, उत्पादनमूलक ७.४५ र अन्य समूह् २.८९अंकले ओरालो लागेको छ ।

सवैभन्दा बढी कारोबार सिटिजन्स बैंक ३ करोड ६५ लाख, एनसीसी बैंकको ३ करोड ३४ लाख, नेपाल लाइफ इन्सुरेन्को २ करोड ८६ लाख र नेपाल बंगलादेश बैंकको २ करोड ११ लाख बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार  कमाउनेहरुमा नयाँ नेपाल लघुवित्त विकास बैंक रहेको छ । घटेको बजारमा पनि यस बैंकले १० प्रतिशतले आफ्नो सम्पत्ति बढाएको छ । त्यस्तै राएसडिसि लघुवित्त वित्तिय संस्थाले पनि ९.९३ प्रतिशतले कमाउन सफल भएको छ । युनाइटेड फाइनान्स र अपी पावर कम्पनीले पनि ७ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यसदिन सवैभन्दा बढी गुमाउनेमा हिमालयन डिस्लरी, रिलायवल माइक्रोफाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक, हिमालयन बैंक लगायतका कम्पनीहरुले बढी गुमाएका छन् ।

मंगलबार दिनभर १४० कम्पनीको ७ लाख कित्ता सेयर ४१ करोडमा कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?