काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पुनःशाखा विस्तारको विवरण पठाउनको लागि धितोपत्र दलालहरुलाई निर्देशन दिएको छ । तोकिएको मापदण्डमा रही शाखा विस्तार गर्नको लागि फागुन ११ गते नै नेप्सेले धितोपत्र दलालहरुलाई निर्देशन दिएको थियो ।
पछिल्लो समयमा शाखा विस्तार गर्नका लागि धितोपत्र दलालहरुले खासै चासो नदेखाएपछि नेप्से पुनः निर्देशन दिएको हो । सञ्चालनमा रहेका दलाल कम्पनीहरुले नै शाखा विस्तारको लागि आग्रह गरेपनि उनीहरु अहिले मौन रहेका छन् । हाल ४१ वटा धितोपत्र दलाल कम्पनी सञ्चालनमा रहेको छ ।
बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरामा ब्रोकहरुले नै चर्को विरोध गरेका थिए भने उनीहरुले आफैले शाखा विस्तार गरेर लगानीकर्तामा सेवा पुर्याउने समेत बताएका थिए । तर धेरै समय वितेपछि पनि ब्रोकरहरुले शाखा विस्तारमा खासै चासो नदेखाएपछि प्रगति विवरण माग्न बाध्य भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया