वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शाखा विस्तारको काम अन्तिम चरणमा पुगेको छः सेयर दलाल व्यवसायी

शाखा विस्तारको काम अन्तिम चरणमा पुगेको छः सेयर दलाल व्यवसायी
अर्थटुडे
२०७३ फाल्गुन २६, बिहीबार

काठमाडौ । करिव दुई दर्जन सेयर दलाल व्यवासयीहरुले जिल्लामा शाखा विस्तारको लागि पुर्वधार तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर दलाल व्यवसायीहरुलाई शाखा विस्तारको कार्य प्रगतिबारे विबरण पेस गर्न भनेपछि उनीहरुले पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताएका हुन् ।

यसअघि नेप्सेले ४१ वटा सेयर दलाल व्यवसायीलाई देशका बिभिन्न १७ शहरमा कार्यालय स्थापना गरी सेयर कारोबार गर्न पठाउने निर्णय गरेको थियो । जिल्लामा शाखा विस्तारको काम र प्रगतिका बारेमा नेपाल धितोपत्र बोर्डलाई जानकारी गराई प्रक्रिया अगाडि बढाउन सेयर दलाल व्यवसायीहरुलाई निर्देशन समेत दिएको थियो ।

शाखा विस्तारको लागि अनुमति पाएका सवै सेयर दलाल व्यवासयीले पूर्वाधार तयार पारीरहेको अनुमति पाइसकेकाहरु सवै बाहिर जानको लागि लालायित रहेको पनि जानकारी दिइएको छ । अहिले बिराटनगर, धरान, नारायणगढ, पोखरा, नेपालगंज र धनगढीमा मात्र सेयर दलालको कार्यालय छ । त्यस बाहेकका क्षेत्रका लगानीकर्ताहरुले सेयर कारोबारमा प्रत्यक्ष रुपमा संलग्न हुन नपाई पीडित बनिरहनु परेको छ ।

दलाल व्यवासायीको शाखा विस्तारले राजधानी बाहिर रहेका लाखौ लगानीकर्तालाई दैनिक कारोबार गर्न सहज हुने र यसले सेयरबजारको विस्तार र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?