वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विक्रि भएन हकप्रद सेयर, चार बाणिज्य बैंकको १६ लाख ७१ हजार बढी हकप्रद लिलामीमा

विक्रि भएन हकप्रद सेयर, चार बाणिज्य बैंकको १६ लाख ७१ हजार बढी हकप्रद लिलामीमा
अर्थटुडे
२०७३ फाल्गुन ३०, सोमबार

काठमाडौं । चारबटा बाणिज्य बैंकको १६ लाख ७१ हजार ८४३ कित्ता सेयर लिलामीमा रहेको छ । बैंकको चुक्तापुँजी ८अर्व रुपैयाँ पुर्याउनको लागि बाणिज्य बैंकहरुले विभिन्न समयमा हकप्रद सेयर निष्कासन गरेको थियो । सो हकप्रद सेयर सवै विक्रि नभएपछि बाणिज्य बैंकहरुले सेयर लिलामी गर्न लागेका हुन् ।

हिमालयन बैंकले हकप्रदमा नबिकेको एक लाख ४५ हजार पाँच सय ८० कित्ता कित्ता साधारण सेयर लिलामी गर्ने भएको छ । त्यस्तै माछापुच्छ्रे बैंकले ३ लाख ७१ हजार ८२९ कित्ता, जनता बैंकले सात लाख ६७ हजार पाँच सय ५२ कित्ता सेयर कित्ता र मेगा बैंकले हकप्रदमा नबिकेको तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर लिलामीमा राखेको हो ।

हिमालयन बैंकले चैत १० गतेदेखि १६ गतेसम्म  एक लाख ४५ हजार ५८०कित्ता सेयर लिलामीमा राखेको छ ।
न्यूनतम एक सय कित्ता र अधिकतम सबैं कित्ताको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ । लिलामीमा राखिएको सेयरको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ भने बोलकबोल पत्र चैत १७ गते ११ बजे जय गणेश कमलादी बेन्क्वेटमा खोलिने छ  ।
त्यस्तै माछापुच्छ्रे बैंकले ३ लाख ७१ हजार ८२९ कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले तीन लाख २३ हजार दुई सय छ कित्ता साधारण तथा ४८ हजार छ सय २३ कित्ता संस्थापक सेयर लिलाममा राखेको हो । फागुन २७ गते शुक्रबारदेखि खुलेको बोलकबोलको आवेदन चैत ३ गतेसम्म लिने दिन सकिने छ ।  सेयर लिलामीको बोलकबोल चैत चार गते बिहान ११ बजे सिभिल क्यापिटलमा खोलिने बताइएको छ ।

त्यसैगरी जनता बैंकले पनि चैत एक देखि १५ गतेसम्म सर्बसाधारण र संस्थापक गरि सात लाख ६७ हजार पाँच सय ५२ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले तीन लाख ९६ हजार पाँच सय २६ कित्ता संस्थापक सेयर तथा तीन लाख ७१ हजार २६ कित्ता साधारण सेयर बेच्न लागेको हो ।

ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक एन.सि.एम मर्चेन्ट एण्ड बैंकिङ्ग कमलपोखरीबाट चैत १ गतेदेखि १५ गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।
बिक्री प्रबन्धकले बोलकबोलको नतिजा चैत १६ गते अपरान्ह ३ बजे बोलपत्रदाता वा उसका प्रतिनिधिको उपस्थितिमा खोल्नेछ ।

मेगा बैंकले तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर चैत १३ गतेदेखि २० गतेसम्म लिलामी गर्ने भएको छ । जसमध्ये एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर छ भने दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर रहेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिङ रहेको छ । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?