वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुधबार बजारमा हरियाली, कारोबारमा भने गिरावट

अर्थटुडे
२०७३ चैत्र २, बुधबार

काठमाडौँ । मंगलबार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली भएको छ । साताको पहिलो कारोबारको दिन उकालो लागेको बजार मंगलबार ओरालो लागेको थियो । तर बुधबार भने उकालो लागेर नै बन्द भएको छ ।
यसदिन सेयर बजार परिसुचक (नेप्से) ९.४ अंकले उकालो लागेर १३५६.१३ अंकमा अडिएको छ ।

यसदिन बैकिङ ७.६७, होटल, १४.४, विकास बैंक,०.८८, जलबिद्युत ६२.१५, फाइनान्स ५.०३, विमा ३७.१७, उत्पादनमूलक ३.०१ र अन्य ६.०७ अंकले उकालो लागेको छ ।

यसदिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर ६ करोड ६१ लाख बराबरको भएको छ । त्यस्तै एसियन लाइफ इन्सुरेन्स, नेशनल लाइफ इन्सुरेन्स, सानिमा बैंक लगायतका कम्पनीहरुको धेरै कारोबार भएको छ ।

बुधबारको कारोबारमा सवैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, बुटवल पावर कम्पनी, अपी पावर कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै यसदिन गुमाउनेमा सेती फाइनान्स, कन्चन डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताहरु रहेका छन् ।

बुधबार दिनभर १२६ कम्पनीको ३६ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार भने ५२ करोड भन्दा बढी रकमको कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?