काठमाडौं । बजार पुनः तातेको छ । साताको पहिलो दिन आइबार करिव २५ अंकले उकालो लागेको बजार सोमबार ४२.१९अंकले उकालो लागेको हो । यसदिन कारोबार रकम ह्वात्तै बढेर एक अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो साताको अन्तिम दिनसम्म बजारमा जम्मा ३० करोडको हाराहारीमा कारोबार सिमित भएको थियो ।
यसरी कारोबार रकम ह्बात्तै बढ्नुमा ठूला तथा संस्थागत लगानीकर्ताहरु पुनः बजारमा प्रबेश गरेको सेयर बजार विष्लेषकहरु बताउँछन् ।
यसदिन सबैभन्दा धेरै बिमा कम्पनीको परिसुचक ५६.८३ अंकले उकालो लागेको छ । त्यस्तै बैकिङ २९.१३, होटल ७६.६२, विकास बैंक ३९.३४, जलबिद्युत ४४.२१, फाइनान्स १८.०२ र अन्य १.७३ अंकले उकालो लागेको छ । उकालो लागेको बजारमा पनि उत्पादनमूलक समूह भने ५.१२ अंकले ओरालो लागेको छ । 
सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, समिट माइक्रो, एभरेष्ट इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, वोमी माइक्रो लगायतका कम्पनीहरुको लगानीकर्ताहरुले दश प्रतिशतको हाराहारीमा कमाएका छन् । त्यस्तै सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स तथा एनबी इन्स्योरेन्स लगायतका डेढ दर्जन कम्पनीको सेयरमूल्य पनि झण्डै दश प्रतिशतकै हाराहारीमा बढेको छ ।
सबैभन्दा बढी गुमाउनेमा माउन्ट मकालु, हिमालयन डिष्टलरी, कालिका माइक्रो, लक्ष्मी बैंक, एक्सल डेभलपमेन्ट, खानीखोला हाइड्रो र मिशन डेभलपमेन्टका लगानीकर्ता रहेका छन् । यसदिन सबैभन्दा बढी प्रभु बैंकको एघार करोडको कारोबार भएको छ । त्यस्तै नेशनल लाइफ,नेशनल हाइड्रो, एनबी बैंक, शिखर इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्श बैंक पनि धेरै कारोबार हुने कम्पनीमा दरिएका छन् ।
प्रतिक्रिया