वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुधबार पनि १९ अंकले बढ्ने नेप्से, एक अर्ब ३९ करोडको कारोबार

अर्थटुडे
२०७३ चैत्र ९, बुधबार

काठमाडौं । साताको सूरुवातदेखि नै उकालो लागेको सेयर बजार बुधबार पनि १८.८५ अंकले बढेको छ । यसदिन एक अर्ब ३९ करोड बराबरको सेयर कारोबार भएको छ ।  यसदिन बैकिङ २७.६ बिकास बैंक ४०.४७, जलबिद्युत २५.४१,  फाइनान्स ८.२१ र अन्यमा २.९ अंकको वृद्धि भएको छ । यसदिन बिमा समूहको भने ११६ अंकले गिरावट आएको छ ।

बुधबार १४६२ अंकबाट सुरु भएको बजारले ५० अंकको बढोत्तरीसँगै १५१२ अंकसम्म छोएको र फर्किएको थियो ।
यसदिन सबैभन्दा बढी सानिमा बैंकको कारोबार भएको छ । यस बैंकको बुधबार मात्र सात करोड १६ लाख बराबरको कारोबार भएको छ । त्यसैगरी बढी कारोबार हुनेमा नेपाल बैंक पनि रहेको छ । यसबैंकको पाँच करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नौ कम्पनीको सेयर १० प्रतिशतका दरले बढेको छ भने सबैभन्दा बढी गुमाउनेमा राप्तीभेरी बिकास बैंक रहेको छ । यसले बुधबार मात्र करिब सात प्रतिसतले गुमाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?