वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारले १५ सय नाघ्यो, कारोबार पौने दुई अर्ब

अर्थटुडे
२०७३ चैत्र १३, आईतवार

काठमाडौं । पछिल्लो समय सेयर बजार लगातार बढी  रहेको छ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक (नेप्से) ४७.७९ अंकले उकालो लागेर १५३३.८३मा अडिएको छ । यसदिन दिनभर ३६ लाख ५७ हजार कित्ता सेयर एक अर्ब ७६ करोड रुपैया बराबरमा कारोबार भयो ।

यसदिन बैकिङ ४४.४१, होटल ९६.४५,विकास बैंक ६०.९७,जलबिद्यतु १५९.४, फाइनान्स २४.७, बिमा २०३.३७ र अन्य ६.६५अंकले उकालो लागेको छ ।

आइतबार  प्रभू इन्सुरेन्स कम्पनीको सबैभन्दा बढी १९ करोड २८ लाख बराबरको सेयर किनबेच भयो । त्यस्तै धेरै कारोबार हुने कम्पनीहरुमा एनसीसी बैंकको ९ करोड,नेशनल हाइड्रो पावर कम्पनी ८ करोड, सानिमा बैंक ६ करोड, नेपाल बंगलबादेश बैंक ५ करोड, लक्ष्मी बैंक ५ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी यसदिन १० प्रतिशतको हाराहारीमा हाम्रो विकास बैंक,लक्ष्मी लघुवित्त वित्तिय संस्था र जनउत्थान् सामुदायिक लघुवित्त वित्तिय संस्था रहेका छन् । नेप्से पुरै हरियो भएको दिनपनि तीनवटा कम्पनीले भने गुमाएका छन् । यसदिन सप्तकोसी डेभलपमेन्ट बैंक,साहारा विकास बैंक र प्रभू इन्सुरेन्स कम्पनीका लगानीकर्ताले गुमाएकाछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?