काठमाडौँ । राजधानीमा मात्रै सिमित हुदै आएको सेयर बजार कारोबार आइतबार (आज) देखि उपत्यका बाहिरबाट पनि सुरु भएको छ । सेयर दलाल कम्पनीले चैत १३ गतेदेखि नै उपत्यका बाहिर सेवा विस्तार गरी कारोबार सुरु रगरेको हो ।
आइतबारदेखि नेपालगन्ज, बनेपा, विर्तामोड, नारायणघाट, बुटवल र बिराटनगरबासीले आफ्नै सहरबाट सेयर कारोबार गरिरहेका छन् ।
नेपाल धितोपत्र बोर्डले तयारी नपुगेको भन्दै केही समयको लागि शाखा विस्तार नगर्नको लागि निर्देशन दिएपनि नेपाल स्टक एक्चेन्जले तत्काल शाखा खोल्नको लागि सेयर दलाल कम्पनीहरुलाई बाध्यकारी बनाएपछि आइतबारदेखि उपत्यका बाहिर पनि सेयर कारोबार सूरु भएको हो ।
नयाँ प्रणाली लागू भएपनि सेयर खरिद बिक्री गर्न राजधानी नै आउनुपर्ने वाध्यताको भने अन्त्य भएको छ ।
आइतबारबाट उपत्यका बाहिर कालिका सेक्युरिटिज (४६)ले नेपालगन्ज, क्रिष्टल कन्चनजंगा (५०) ले बिराटनगर, भिजन सेक्युरिटिज (३४) बनेपा, आर्यतारा सेक्युरिटिज (५७)ले बुटवाल, श्रिहरि सेक्युरिटिज (५६)ले बिर्तामोड र सानी सेक्युरिटिज (४२) नारायणगढबाट आफ्नो कारोबार सुरु गरेका छन् ।
धितोपत्र बोर्डले शाखा बिस्तार केहि समय स्थगित गर्न निर्देशन दिए पनि नेप्सेले आइतदेखि सेवा बिस्तार नगरे अनुमति रद्द गर्ने सूचना निकालेका कारण ब्रोकरहरुले उपत्यका बाहिर सेवा सुरु गरेका हुन् ।
प्रतिक्रिया