काठमाडौं । एकैदिन ५ वटा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डका बोनस सेयर दर्ता गराएका छन् । बोर्डमा पाँच कम्पनीले चैत १५ गते बोनस सेयर दर्ता गराएका छन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार बोनस सेयर दर्ता गराउनेहरुमा वोमी माइक्रोफाइनान्स वित्तिय संस्था २० प्रतिशत, मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाले १० प्रतिशत, सप्तकोसी डेभलपमेन्ट बेंकले ११ प्रतिशत,एनएमबी बैंकले १९ प्रतिशत र मनास्लु विकास बैंकले १८ प्रतिशत रहेका छन् । 
यी संस्थाहरुले आफ्नो साधारणसभाबाट बोनस सेयर पारित गराइसकेका छन् भने अव लगानीकर्ताहरुलाई बाड्ने तयारीमा रहेका छन् ।
प्रतिक्रिया