काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार बसेको संचालक समिति बैठकले लगानीकर्ताहरुको लागि ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लामांस दिने निर्णय गरेको हो ।
कम्पनीले घोषणा गरेको बोनस बिमा समिति र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउने छन् ।
कम्पनीले पुस मसान्तसम्म एक करोड ९७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
प्रतिक्रिया