काठमाडौं । साधारण सेयर (आइपिओ) मा आवेदन दिनका लागि अब नागरिताको फोटोकपी र निवेदन फारममा फोटो टास्नु नपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्दै आइपिओमा आवेदन गर्ने नियमलाई सरलिकृत गरेको हो ।
आईपिओमा आवेदन गर्दा लगानीकर्ताले अनिवार्य रुपमा डिम्याट खाता नम्बर राख्ने व्यवस्था भएको र लगानीर्ताको फोटो तथा परिचल डिम्याट खातामा नै सुरक्षित भएकाले हरेक निवेदनमा लिनु नपर्ने व्यवस्था गरेको हो ।
हालसम्म आइपिओमा आवेदन दिदा निवेदनमा फोटो टास्नुपर्ने र सँगै नागरिकता पनि पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तो छ बोर्डको निर्देशन

प्रतिक्रिया