काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका ३ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) चैत २५ गतेदेखि खुल्ला भएको छ । कम्पनीले विक्रि खुल्ला गरेको ३लख कित्ता सेयरमा सर्बसाधरणले २ लाख ७३ हजार कित्ता सेयरमा मात्र आवेदन दिन पाउँने छन् । बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।
कम्पनीको आइपीओ चाडोमा चैत २९ गते र ढिलोमा बैशाख ८गते बन्द हुने छ । कम्पनीको सेयरमा न्युनत्तम ५० देखि अधिकत्तम १५ सय कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरमा सेयर जारी गर्ने भएको हो । कम्पनीले सेयर जारी गरेसँगै चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने भएको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । एनएमबी क्यापिटल, एनएमबी बैंकका शाखाहरु र स्वदेशीकै कार्यालयबाट सेयर फारम पाइने भएको छ ।
हाल ७५ जिल्लामा कार्य क्षेत्र रहेको कम्पनीले ३९ वटा जिल्लामा सेवा प्रदान गरेको छ ।
प्रतिक्रिया