वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइतबार दुई पटक सर्किट लागेर दुई घण्टामा नै बन्द भयो बजार

अर्थटुडे
२०७३ चैत्र २०, आईतवार

काठमाडौं । आइतबार सेयर बजारमा दुई घण्टा मात्र कारोबार भएको छ  । समग्र बजार पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेर पौने दुई बजे नै  पुरै दिनको लागि कारोबार बन्द भएको हो ।

चार घण्टाको कारोबार समय हुने भए पनि यसदिन दुई घण्टाको समयमा  ७९.४७ अंकले परिसुचक बढी नेप्से १६६७.११ मा बन्द भएको छ भने कारोबार रकम ९४ करोड ३७ लाख मात्रै भएको छ । पहिलो सर्किट ब्रेक लागेर आघा घण्टाका लागि कारोबार रोकिएकोमा त्यसपछि फेरि बजार खुल्दा पाँच प्रतिशतले बजार बढेको थियो ।

दिउँसो १ बजे नेप्से परिसूचक समग्र रुपमा चार प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । ३० मिनेटपछि फेरि खुलेको बजारमा  ८ मिनेट ननाघ्दै दोस्रो सर्किट लाग्यो । पहिलो सर्किट लाग्दा नेप्सेमा ६३.५७ अंकको बृद्धि भएको थियो । बीमा कम्पनीको सूचक ७३३ अंकले बढेपछि नेप्सेमा दोस्रो सर्किट लागेको हो ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय शुक्रबार सार्बजनिक गरेको थियो । सो निर्णय सार्वजनिक भएको पहिलो दिनको कारोबारमा दुईपटक सर्किट लागेर कारोबार बन्द गर्नु परेको हो । यसदिन प्राय सबै बीमा कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढ्दा पनि बिक्रीकर्ताको चरम अभाव देखिएको छ ।
यसदिन बाणिज्य बैंक७०.६, होटल ८७.१३, बिकास बैंक ८८.२९, जलबिद्युत ६८.९१, फाइनान्स १६.७५,बीमा ७३३.३७, उत्पादनमूलक ३१.०९ र अन्य ७.८१ अंकले उकालो लागेको छ ।

सम्पुर्ण सुचक बढेको र सर्किट ब्रेकर लागेर बन्द भएको दिन पनि सेती फाइनान्स , ग्लोबल आइएमई समुन्नत स्कीम १ ले र कावेली विकास बैंकले भने गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?