वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक

एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक
अर्थटुडे
२०७३ चैत्र २०, आईतवार

काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लिले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ । विशेष संस्करणका आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ ।

यीनीहरुको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ । ‘हामी एप्पलका सबै प्रयोगकर्ताहरु सँग अनुरोध गर्दछौं कि सक्कली बिल सहित एप्पलका उत्पादनहरु खरिद गर्नुहोस्,’ जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लिद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले भनेको छ,‘इभो स्टोर, फ्यूचर वल्र्ड र ओलिज स्टोर, एप्पल आधिकारिक बिक्रेता हुन् यिनै स्टोरबाट आइफोन सेभेन खरिद गर्नुहोस् र खरिद गर्दा जेननेक्स्ट लोगो हेर्नुहोस् ।’
कम्पनीले थुप्रै फोनहरु अनधिकृत रुपमा देश भित्र आयात हुने गरेका र ती उच्च मुल्यका हुने, त्यस्ता फोनहरुको कुनै वारेण्टी नहुने र फोन भित्रका विभिन्न पार्टहरु न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?