वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकैदिन ६ कम्पनीको बोनस सेयर दर्ता

एकैदिन ६ कम्पनीको बोनस सेयर दर्ता
अर्थटुडे
२०७३ चैत्र २२, मंगलवार

काठमाडौ । नेपाल धितोपत्र बोर्डमा एकैदिन ६ वटा कम्पनीले बोनस सेयर दर्ता गराएका छन् । चैत १६ गते विभिन्न ६ कम्पनीले आफ्ना लगानीकर्ताहरुका लागि दिइने बोनस सेयर दर्ता गराएका हुन् ।
अल्पाइन डेभलपमेन्ट बैंक, कैलाश बिकास बैंक, सिद्धार्थ बैंक लिमिटेड, स्वालम्वन लघुवित्त विकास बैंक, जनता बैंक र सुमित माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले लगानीकर्तालाई दिइने बोनस सेयर बोर्डमा दर्ता गराएका छन् ।

एकैदिन बोनस सेयर दर्ता गराउने कम्पनीमध्ये सबैभन्दा धेरै बोनस सुमित माइक्रोफाइएनान्सले दिने भएको छ । सो फाइनान्सले आफ्ना लगानीकर्ताहरुको लागि ४५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

त्यस्तै अल्पाइनले १४.५०, कैलासले २५, सिद्धार्थले ३९, स्वालम्वनले ३४ र जनताले १२ प्रतिशत बोनस सेयर दिने भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?