वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबार पनि घटेरै बन्द भयो नेप्से, १ अर्ब ६३ करोडको कारोबार

अर्थटुडे
२०७३ चैत्र २२, मंगलवार

काठमाडौं । मंगलबार सेयर बजार परिसुचक (नेप्से) ३.६१ अंकले घटेको छ । दिनभर १ अर्ब ६३ करोड बराबरको कारोबार भएको छ ।  मंगलबार बैकिङ ३.८८, विकास बैंक ६.१३,जलबिद्युत ३३.०६ र अन्य ६.०७ अंकले ओरालो लागेको छ भने होटल ७७.२१, फाइनान्स २.३८ र बिमा  ९.३३ अंकले उकालो लागेको छ ।

यसदिन नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी १२ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ । त्यस्तै एनसीसी बैंक, गुँरास लाइफ इन्सुरेन्स कम्पनीको पौने सात करोडको हाराहारीमा सेयर कारोबार भएको छ ।

यसदिन सबैभन्दा बढी गुमाउनेहरुमा युनाइटेड फाइनान्स,जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंक,नयाँ नेपाल लघुवित्त बिकास बैंक र रिलायबल माइक्रोफाइनान्स वित्तिय संस्था रहेका छन् । यी कम्पनीहरुले मंगलबार सात प्रतिशत भन्दा बढीले आफ्नो सम्पत्ति गुमाएका छन् ।

मंगलबार सबैभन्दा बढी कमाउनेहरुमा भने गोर्खा फाइनान्स र राष्ट्रिय बिमा कम्पनी रहेका छन् । यीनीहरुले मंगलबार मात्र ९ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?