काठमाडौं । चारवटा कम्पनीले ७० लाख ८७ हजार २८ कित्ता थप साधारण सेयर (एफपीओ ) जारी गर्ने भएको छ ।
प्रिमियर इन्सुरेन्स कम्पनीले माघ १२ गते ६लाख ५९ हजार ५६५ कित्ता सेयर एफपीओ जारी गर्न पाउँ भनी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ जारी गर्नका लागि कम्पनीले एनएमबी क्यापिटललाई निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
त्यस्तै शिखर इन्सुरेन्स कम्पनीले फागुन २ गते एफपीओ जारी गर्नका लागि बोर्डमा निवेदन दिएको छ । शिखरले १३ लाख ६२ हजार ७८१ कित्ता सेयर एफपीओ जारी गर्नका लागि निष्कासन प्रबन्धकको रुपमा एनआइबीएल क्यापिटल मार्केटलाई चुनेको छ ।
त्यसैगरी पोखरा फाइनान्स र बुटवल पावर कम्पनीले पनि एफपीओ जारी गर्नका लागि फागुन २६र चैत १३ गते बोर्डमा निबेदन दिएका छन् भने ति कम्पनीले क्रमशः९ लाख ८३ हजार ६८२ र ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गर्ने भएको छ ।
ति दुई कम्पनीले पनि एफपीओको निष्कासन तथा विक्रि प्रबन्धको लागि एनआइवीएल क्यापिटल र एनएमबी क्यापिटलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया