काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनलको साधारणसभाबाट पारित भएअनुसार सेयरधनीलाई २५ प्रतिशत हकप्रदको सेयरका लागि आवेदन खुल्ला भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरको एक करोड ३८ लाख ४३ हजार ३७९ कित्ता सेयर निश्कासन गर्न लागेको हो ।
हकप्रदको निश्कासन तथा विक्री प्रवन्धक सानिमा क्यापिटल रहेको छ । हकप्रदका लागि सेयरधनीले सानिमा क्यापिटलको कार्यालय, बैंकका सम्पूर्ण शाखा तथा सहायक कम्पनी सिबिआईएल क्यापिटलबाट बैशाख २७ गतेसम्म आवेदन लिन सक्ने जारी सूचनामा उल्लेख छ ।
हाल ५ अर्व ५३ करोड ७३ लाख पुँजी रहेको बैंकको हकप्रद बिक्रीपछि ६ अर्व ९२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया