काठमाडौं । सानिमा बैंकले १०० रुपैयाँ अंकित १ करोड ५९ लाख १७ हजार ६१७ कित्ता साधारण सेयर जारी गर्ने भएको छ । बैंकले साधारणसभाबाट पारित भएअनुसार सेयरधनीलाई १० बराबर ३ को अनुपातमा सेयर जारी गर्न लागेको हो ।
बैंकको धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धकमा सिविआइएल क्यापिटल रहेको छ । कम्पनीले शुक्रबार सुचना प्रकाशित गरी आगामी बैशाख १७ गतेदेखि हकप्रदका लागि आवेदन खुल्ला हुने जनाएको छ । यसैगरी हकप्रदको निश्कासन जेठ २१ गते बन्द हुनेछ ।
हकप्रदका लागि सिविआइएल क्यापिटलको कार्यालय, बैंकका सबै शाखा र सानिमा क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिनेछ ।
हाल ५ अर्व ३० करोड ५८ लाख सेयर पुँजी रहेको बैंकको हकप्रद जारी भएपछि पुँजी ६ अर्व ८९ करोड पुग्नेछ ।
प्रतिक्रिया