काठमाडौ । नेपाल धितोपत्र बोर्डमा २० करोड ९० लाख ४२ हजार ४१५ रुपैयाँ बराबरको ४ वटा कम्पनीले बोनस सेयर दर्ता गराएका छन् । चैत २१ गते विभिन्न ४ वटा कम्पनीले आफ्ना लगानीकर्ताहरुका लागि दिइने बोनस सेयर दर्ता गराएका हुन् ।
बोनस सेयर दर्ता गराउने कम्पनीहरुमा साहारा विकास बैंक गुह्वेश्वरी मर्चेन्ट एण्ड बैकिङ, साना किसान विकास बैंक र पुर्णिमा विकास बैंक रहेको छ ।

साहारा विकास बैंकले आफ्ना लगानीकर्ताहरुका लागि १८ प्रतिशत बोनस सेयर (५७ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको) बोर्डमा दर्ता गराएको छ । त्यस्तै गुह्ेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले २० प्रतिशत (५ करोड २८ लाख ७३ हजार रुपैयाँ बराबरको ) बोनस सेयर दर्ता गराएको छ भने साना किसान विकास बैंकले (१० करोड ६ लाख १२ हजार ४६९ रुपैयाँ बराबरको ) २५ प्रतिशत बोनस सेयर बोर्डमा दर्ता गराएको छ ।
त्यसैगरी पुर्णिमा विकास बैंकले (चार करोड ९८ लाख २२ हजार ५४ रुपैयाँ बराबरको) १६.४६७ प्रतिशत बोनस सेयर बोर्डमा दर्ता गराएको छ । सो बोनस सेयर साधारणसभाले दिन भनी पारित गरेपछि मात्र बोर्डमा दर्ता हुने छ ।
प्रतिक्रिया