काठमाडौं । एनएमबी बैंकले तेस्रो पटक पनि एफपीओ जारी गर्ने भएको छ । सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउन बैंकले अर्को एफपिओ जारी गर्ने भएको हो । बैंकले तेस्रो एफपीओ ५२२ मूल्य प्रस्ताव गरेर एक करोड १४ लाख कित्ता जारी गर्न लागेको हो ।
बैंकले प्रस्ताव गरेकै मूल्यमा सेयर जारी गरेमा एक अर्ब १४ करोड चुक्तापुँजीमा जाने छ भने बाँकी पाँच अर्ब ९५ करोडमध्ये जगेडा कोषमा जाने छ । करिव ८ बर्षअघि एफपीओ जारी गरेको बैंकले चालुआर्थिक वर्षमा पनि डच साझेदारी एमएमओको लागि पनि एफपीओ जारी गरेको थियो । एफपिओ प्रस्ताव साधारणसभाबाट पारित भइसकेको छ।
मर्जरका कारण बैंकमा सर्वसाधारणको स्वामित्व ३९.९९ प्रतिशतमा आएको छ । बैंकले यसलाई ४९ प्रतिशत पुर्याउन खोजेको हो । बैंकले १०० रुपैयाँ अंकित दरको सेयर मूल्यमा ४२२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ५२२ रुपैयाँमा ल्याउने तयारी गरीरहेको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड पुगेको छ ।
प्रतिक्रिया