काठमाडौं । कन्चन डेभलपमेन्ट बैंक हकप्रद सेयर जारी गर्नका लागि अनुमति लिन नेपाल धितोपत्र बोर्डमा गएको छ । बैंकले लगानीकर्ताहरुको लागि ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव आफ्नो साधारणसभाबाट पारित गरिसकेको छ ।
बैंकले १० लाख ३९ हजार ५०० कित्ता सेयर (१० करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको ) जारी गर्न लागेको हो ।
बैंकले जारी गर्न लागेको हकप्रद सेयरको निष्कासन तथा विक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकले यही चैत २२ गते अनुमति लिनको लागि बोर्डमा निवेदन दिएको छ ।
कनचनपुरको महेन्द्रनगरमा मुख्य कार्यालय रहेको सो बैंकले यसअघि ५० प्रतिशत हकप्रद सेयर विक्रि गरीसकेको छ । सो हकप्रद विक्रिपछि बैंकको चुक्तापुँजी ३४ करोड ६५ लाख पुगेको छ । ३० प्रतिशत हकप्रद पछि बैंकको चुक्तापुँजी ४५ करोड ४० लाख पुग्ने छ ।
कैलाली कन्चनपुर र डडेलधुरा कार्यक्षेत्र रहेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ९७ लाख ५५ हजार खुद नाफा कमाएको थियो ।
प्रतिक्रिया