काठमाडौं । सोमबारदेखि सेयर बजार लगातार दोहोरो अंकले बढीरहेको छ । सोमबार २४ अंक भन्दा बढीले बढेको सेयर बजार परिसुचक (नेप्से) मंगलबार ३४.०४ अंकले बढेर १७१०.५० अंकमा अडिएको छ । मंगलबार दिनभर एक अर्ब ९० करोडको कारोबार भएको छ ।
यसदिन सबै परिसुचकहरु पनि उकालो लागेको छ । मंगलबार बैकिङ ३७.१२, होटल ९.६२, विकास बैंक ५६.६८, जलबिद्युत १४.४७, फाइनान्स १४.०७, बिमा १२०.१७, उत्पादनमूलक २१.६ र अन्य १.४५ अंकले उकालो लागेको छ ।
यसदिन सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्सको सबैभन्दा बढी ९ करोड रुपैयाँ, मुक्तिनाथ विकास बैंक ८ करोड ८० लाख, गुँरास लाइफ इन्स्योरेन्स ८ करोड, प्रभू बैंक ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा बढी कमाउनेमा अपी पावर कम्पनी र लक्ष्मी लघुवित्त वित्तिय संस्थाले १० प्रतिशत कमाएका छन् ।
त्यस्तै आइएलएफसीओ माइक्रोफाइनान्स, तिनहुँ डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल, सुर्य लाइफ इन्सुरेन्स, रिलाएबल माइक्रोफाइनान्स वित्तिय संस्था र किसान माइक्रोफाइनान्स वित्तिय संस्थाले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।
त्यस्तै मंगलबार गुमाउनेमा खानीखोला हाइड्रोपावर, सेती फाइनान्स लगायतका कम्पनी रहेका छन् ।
प्रतिक्रिया