वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

९ महिनामा ४८ कम्पनीले पाए ३० अर्ब बढीको हकप्रद निष्कासनको अनुमति

अर्थटुडे
२०७३ चैत्र ३०, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षमा ४८ वटा कम्पनीले ३० करोड ३१लाख ८७ हजार १६३ कित्ता अर्थात ३० अर्ब ३१ करोड ८७ लाख १६ हजार ३३१ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नका लागि अनुमति पाएका छन् ।

ति कम्पनीहरुले आफ्नो पुँजी बृद्धि गरी संस्थालाई  दीर्घकालीन रुपमा राम्रो बनाउने उदेश्यले आफ्ना लगानीकर्ताहरुलाई हकप्रद सेयर जारी गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार चैत २८ गते सम्ममा १२ वटा बाणिज्य बैंकले हकप्रद सेयर जारी गर्नका लागि अनुमति पाइसकेका छन् । त्यस्तै तीन वटा बाणिज्य बैंक एभरेष्ट ३ः१, नेपाल एसबिआइ बैक १०ः४ र सनराइज बैंक १०ःघ को अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् ।

नेपाल राष्ट्र बैंकले दिएको समयसिमा भित्र बाणिज्य बैंकहरुलाई आफनो चुक्तापुँजी पुर्याउनु पर्ने बाध्यता रहेको छ । सोही बाध्यताका कारण बाणिज्य बैंकहरु हकप्रद सेयर जारी गरी चुक्तापुँजी पुर्याउनका लागि लागिपरीरहेका छन् ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्त सम्ममा सम्पुर्ण बाणिज्य बैंकहरुलाई आफ्नो चुक्तापुँजी आठ अर्ब पुर्याउनको लागि निर्देशन दिइसकेको छ ।
हकप्रदको स्वीकृति पाइ सकेर निष्कासन समेत गरीसकेका बैंकहरुमा प्राइम कमर्सियल बैंक ३ः१,सेन्चुरी कमर्सियल बैंकले १०ः३, सिद्धार्थ बैंक ४ः१, हिमालयन बैंक ७ः१, जनता बैंक २ः१, माछापुच्छ्रे बैंक २ः१, कुमारी बैंक २ः१, सिटिजन्स बैंक इन्टरनेसनसलले १०ः२.५, नेपाल बंगलबादेश बैंक १०ः८, एनआइसी एसिया १००ः१५, सानिमा बैंक १०ः३, लक्ष्मी बैंक १ः१ र नेपाल बैंक १००ः२३.७४ को अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि अनुमति पाएका छन् ।

सेयर बजारमा बाणिज्य बैंकहरुको राज रहेको छ । सोही बारण बाणिज्य बैंकमा थोरै हलचल हुदा वा नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दा पनि सेयर बजारमा त्यसको असर ह्वात्तै पर्ने गरेको छ । त्यस्तै विकास बैंक र ग बर्गका फाइनान्स कम्पनीहरुको पनि नेपाल राष्ट्र बैंकले पुँजी बृद्धिका लागि निर्देश्न दिइसकेको छ । तर घ बर्गका वित्तिइ संस्थाहरुलाई भने अझैपनि पँजी बृद्धिको बारेमा राष्ट्र बैंक मौन रहेको छ ।

त्यस्तै बिमा कम्पनीहरुको पनि पुँजीबृद्धिको बिषयमा केही समय अगाडी मात्र बिमा समितिले निर्देशन दिइसकेको छ ।
बिमा समितिका अनुसार २०७५ असार मसान्त सम्ममा जीवन बिमा कम्पनीले २ अर्ब र निर्जीवन बिमा कम्पनीले एक अर्ब पुर्याउनुपर्ने बाध्यकारी निर्देशन आएपछि धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनको अनुमति लिन कम्पनीहरु धाइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?