वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चर्चित एनपिएलको तेस्रो सिजन सुरु, प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

चर्चित एनपिएलको तेस्रो सिजन सुरु, प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन
अर्थटुडे
२०८३ कार्तिक १०, सोमबार

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन गरेका छन् । सोमबार अपराह्न शाहले उद्घाटन गरेका हुन् । सोमबारदेखि सुरु भएको एनपीएलमा पहिलो खेल सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्सविच भएको छ । उनीहरु अहिले जितका लागि त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भइरहेको छ ।

आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुने एनपिएलमा कुल ८ फ्रेन्चाइज टोली प्रतिष्पर्धा गर्दैछन् ।  एनपिएलको तेस्रो संस्करणमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, इङ्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत देशका खेलाडी सहभागी हुनेछन् ।

एनपिएलको विजेताले यसपटक एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । ११ दिनसम्म हरेक दिन समान दुई खेल हुनेछ । बाँकी १० दिन समान एक खेल तय हुँदा तेस्रो संस्करण कुल ३२ खेलको प्रतिष्पर्धा रहनेछ ।

अहिलेसम्म जनकपुर बोल्ट्सले पहिलो संस्करण र लुम्बिनी लायन्सले दोस्रो संस्करणको उपाधि जितेका थिए । सुदूरपश्चिम रोयल्स दुवै संस्करणको उपविजेता हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?