काठमाडौं । तिनाउ विकास बैंकका लगानीकर्ताका लागि बैंकले ३५प्रतिशत हकप्रद जारी गर्ने भएको छ । एक सय रुपैयाँ अंकित उक्त सेयरका लागि बैशाख १९ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सकिने बैंकले विहिबार जारी गरेको सूचनामा उल्लेख छ ।
बैंकको उक्त हकप्रद सेयर निश्कसान तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रवन्धकको मूख्य कार्यालय र बैंकका शाखाबाट हकप्रदका लागि आवेदन बुझाउन सकिनेछ ।
हाल ३४ करोड १३ लाख पुँजी रहेको बैंकले हकप्रद निश्कासनसँगै पुँजी ४६ करोड ८ लाख पुग्नेछ ।
प्रतिक्रिया