वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैशाख ७ गतेदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

बैशाख ७ गतेदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला
अर्थटुडे
२०७३ चैत्र ३१, बिहीबार

काठमाडौं । घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयको संयुक्त आयोजनामा बैशाख  ७ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ आयोजना हुने भएको छ । बैज्ञानिक खोज र अनुसन्धान आर्थिक विकासका लागि ! उद्योगमा प्रविधि प्रतिष्थापन पुस्ता हस्तान्तरण्का लागि !! भन्ने नाराका साथ हुने मेला बैशाख ११ गतेसम्म भृकुटीमण्डपमा हुनेछ ।

२३६ वटा स्टलहरु रहने प्रदर्शनीमा ६० जना भन्दा बढी नविन प्रविधि अनुसन्धानकर्ताहरु सहितको नवीनतम प्रविधि प्याभिलियन, ३५ वटा स्टलको महिला उद्यमशिलता प्याभिलियन, १० वटा स्टलको बन तथा कृषि सहज कार्यक्रमको प्याभिलियन, खाद्यान्नका स्टलहरु र बाँकीमा औद्योगिक उत्पादनहरु राखिनेछन् ।

यसैगरी प्रदर्शनीको एक लाख भन्दा बढीले अवलोकन गर्ने र करिव ६ करोडको आर्थिक कारोवार हुने लक्ष्य लिइएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?