वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनाइटेड मोदीको आइपीओ बाँडफाँड,३३० कित्ता भन्दामाथि भर्ने सबैले पाए

अर्थटुडे
२०७३ चैत्र ३१, बिहीबार

काठमाडौ ।  युनाइटेड मोदी हाइड्रोपावरको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । विहिबार विहान बाडिएको सो कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७ कित्तासम्म सेयर हात पारेका छन् ।
कम्पनीको आइपीओमा ३३० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडिएको छ भने ३४० कित्तादेखि माथि आवेदन दिने सबैले सेयर पाएका छन् । यो सेयरमा साना लगानीकर्ताको हातमा २.८ प्रतिशत र ठूला लगानीकर्ताले २.२४ प्रतिशत सेयर पाएको कम्पनीको आइपीओको धितोपत्र ताथ निष्कासनको जिम्मा पाएको एनआइबीएल क्यापीटलले जनाएको छ ।

एनआइबीएलका अनुसार यो सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम १५ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । यो सेयरमा ९७ हजार १५५ जनाले आवेदन दिएकोमा ६५ हजार ५०८ जनाले सेयर पाएका छन् ।

जसमा ६५ हजार ४५४ जना सर्वसाधारण, ७ वटा सामूहिक लगानि कोष, ४७ जना कर्मचारीले सेयर पाएका छन् ।
युनाइटेड मोदीको गत फागुन १९ देखि २३ गतेसम्म १७ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?