काठमाडौँ । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले बैशाख ७ गतेदेखि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । संस्थाले एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ जारी गर्न लागेको हो ।
संस्थाले जारी गर्न लागेको सेयर मध्ये चार हजार ८०० कित्ता कर्मचारी तथा ६ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहने एक लाख नौ हजार २०० कित्ताको लागि मात्र सर्बसाधरणले आवेदन दिन पाउने छन् ।
बैशाख ७ गतेबाट खुल्ने सो आइपीओमा बैशाख ११ गतेसम्ममा आवेदन दिइसक्नुपर्छ । आवेदनकर्ताले सो लघुवित्तको आइपीओमा न्युनतम ५० र अघिकतम ६ सय कित्त सम्म आवेदन दिन सक्नेछन् ।
लघुवित्तको सेयर निष्कासन तथा विक्रि प्रबन्धक एनसीएम मर्चेन्ट बैंक रहेको छ । सो लघुवित्तको आवेदनको लागि सनराइज बैंकको १७ वटा शाखामार्फत तथा एनसीएम मर्चेन्ट बैंकको कार्यालय र आश्वामार्फत पनि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
माहुली लघुवित्तले हाल १० वटा जिल्लामा वित्तिय सेवा गर्दै आइरहेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार दुई करोड १५ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । साधारण सेयर निषकासन पश्चात भने संस्थाको चुक्तापुँजी चार करोड पुग्ने बताइएको छ ।
्
प्रतिक्रिया