काठमाडौं । सेयर बजारमा बिक्री गर्नेको तुलनामा खरिदकर्ताको चाप बढी देखिएकाले यो साता पनि सेयर बजार बढ्ने सम्भावना देखिएको छ । बढेको बजारप्रति लगानीकर्ता उत्साहित भएकाले यसले बजार अझै माथी जाने विश्लेषण गरिएको छ ।
गत साताभर बजार ४५ अंकले बृद्धि भयो । साताभरमा बुधबारबाहेक अन्य दिन बजार उकालो नै लागेको छ । नेपाल धितोपत्र बोर्डले विज्ञप्ती जारी गरी लगानीकर्तालाई सचेत गराउन खोजेपनि लगानीकर्ताले त्यसलाई अस्विकार नै गरेका छन् ।
गत साताभर सामाजिक संजालमा लगानीकर्ताहरु धितोपत्र बोर्ड विरुद्ध खनिए । बजार बढ्दा यसलाई घटाउन बोर्ड लागेको भन्दै बोर्डको विज्ञप्ती विरुद्ध उनीहरुले आक्रोश पोखे । उनीहरु बोर्डको विज्ञप्तीलाई वेवास्ता गर्दै बजारमा लगानी थप्ने मोडमा देखिएका छन् ।
ब्रोकर कम्पनीहरुले देशका प्रमुख शहरमा शाखा विस्तार गरेकाले सेयर बजारमा नयाँ लगानीकर्ता थपिएका छन् । जसको कारण पनि बजारमा उत्साह छ । बजारमा खरिदकर्ता बढेका छन् ।सोही कारण पनि बजार उकालो लागेको छ र सोही क्रम अझै केही साता कायम रहने विश्लेषण गर्न सकिन्छ ।
तेस्रोे त्रैमासीक समाप्त भएकाले विस्तारै कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक गर्छन् । यसबाट पनि लगानीकर्तालाई उत्साहित गर्ने अपेक्षा गरिएको छ ।
तर, सेयर बजारमा जोखिम भने सधै छ । लगानीकर्ताहरुले आफुले लगानी गर्ने कम्पनीको वित्तीय लगायतका अवस्थाबारे विश्लेषण गरेर लगानी गरे जोखिम कम गर्न सक्छन् ।
प्रतिक्रिया