काठमाडौं । एभरेस्ट इन्सुरेन्सको सञ्चालक समितिले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बिमा समितिले बिमा कम्पनीको चुक्तपुँजी बृद्धि गर्नको लागि निर्देशन दिएसँगै बिमा कम्पनीहरु चुक्तापुँजी बृद्धि गर्नका लागि धमाधम बोनस सेयर दिइरहेका छन् ।
कम्पनीको निर्णयलाई आगामी साधारण सभा र नियामक बिमा समितिले अनुमोदन गर्नुपर्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार एभरेस्ट इन्सुरेन्सको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ ।
एभरेस्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा छ ।
प्रतिक्रिया