वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजार ओरालो

लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजार ओरालो
अर्थटुडे
२०७४ बैशाख ३, आईतवार

काठमाडौं । बढेको बजारमा लगानीकर्ता नाफा बुक गर्न लाग्दा सेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन आईतबार कारोबार सुरु भएदेखि नै घट्न सुरु गरेको सेयर बजार परिसूचक (नेप्से) अन्तिमसम्ममा ४५ अंकले घटेर १६५१ अंकमा झरेको छ ।

गत साताभर उकालो लागेको बजारमा लगानीकर्ताहरु नाफा बुक गर्नतर्फ लागे । जसका कारण बिक्रीको चाप बढी भइ बजार ओरालो लागेको बताइन्छ ।

गत सातामात्र नेपाल धितोपत्र बोर्डले सचेत भइ लगानी गर्न आग्रह गरेको थियो ।

आईतबार १३५ कम्पनीको १ अर्व २१ करोड बराबरको सेयर कारोबार भएको छ ।

आज समूहगत परिसूचक सबै ओरालो लागे । जसमा सबैभन्दा बढी इस्योरेन्स समूह ३२२ अंकले घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?