वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन कम्पनीको २ अर्ब बढीको हकप्रद आउँदै

तीन कम्पनीको २ अर्ब बढीको हकप्रद आउँदै
अर्थटुडे
२०७४ बैशाख ५, मंगलवार

काठमाडौं । बजारमा एकैपटक २ अर्ब नौ करोड रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ । युनाइटेड फाइनान्स, सिद्धार्थ बैंक र लुम्बिनी जनरल इन्सुरेन्सले एकैदिन हकप्रद सेयर जारीका लागि अनुमति लिन नेपाल धितोपत्र बोर्ड पुगेका छन् । तीनवटै कम्पनी चैत २९ गते दुई करोड नौ लाख ९७ हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमतिको लागि बोर्डमा पुगेका हुन् ।

युनाइटेड फाइनान्सले २० प्रतिशत, सिद्धार्थ बैंकले ३० प्रतिशत र लुम्बीनी जनरल इन्सुरेन्सले शत प्रतिशत हकप्रद सेयर जारी गर्दैछन् । कम्पनीहरुले क्रमशः १३ करोड ४५ लाख, एक अर्ब ५७  करोड ५२ लाख र ३९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर आफ्ना लगानीकर्तामाझ ल्याउन लागेका छन् ।

ति कम्पनीको साधारणसभाले हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?