काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अरुण काबेली पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । कारोबारमा आएको एक साता समेत नपुग्दै साता साधारण सेयर जारी गर्दा एकै व्यक्तिको नाममा दोहोरो सेयर जारी गरेको पाएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो । गत आइतबारदेखि कारोबार सुरु भएको कम्पनीको सेयर बुधबार नै कारोबार रोक्का गर्नुपरेको छ ।
अरुण कावेली कम्पनीको अनुरोधमा नै सिडिएस एन्ड क्लियरिङ लिमिटेडले नेप्सेलाई कारोबार रोक्का गर्न पत्राचार गरेको हो । तर लगानीकर्ताहरु भने सबै सेयर डिम्याट खातामा नपठाई कारोबार सुरु गरेको भन्दै आपत्ति समेत जनाएका छन् ।
सो कम्पनीको नेप्सेमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको एक करोड ५० लाख कित्ता सेयर सुचिकृत रहेको छ । नेप्सेमा कम्पनीको एक अर्ब ५० करोड रुपैयाँ बराबरको एक करोड ५० लाख कित्ता शेयर सुचिकृत छन् ।
प्रतिक्रिया