काठमाडौं । साताको सुरुदेखि नै भारी अंकले ओरालो लागेको सेयर बजार परिसुचक ९नेप्से० बुधबार भने ५० अंकले उकालो लागेको छ । साताको सुरुमा नै स्थानीय निकायको चुनाव हुन सक्ने सम्भावना कम भएको हल्ला बाहिरिएपछि लगानीकर्ताहरु निरास भएका थिए ।
जसको प्रत्यक्ष असर बजारमा परेको थियो । तर स्थानिय निकायको चुनाव जुनसुकै हालतमा पनि गराउने सरकारको निर्णयसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।
बुधबार अन्य समूह बाहेक सवै समूहगत परिसुचक उकालो लागेको छ । बिमा समूह झण्डै ३०० अंकले उकालो लागेको छ । बैकिङ ४९।२, होटल ८७।२९, विकास बैंक ६९।५७, जलविद्युत ६८।६१, फाइनान्स १७।७१,र उत्पादनमूलक समूह ९।४३ अंकले उकालो लागेको छ ।
यसदिन दिनभर एक अर्ब ७ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनीको ५करोडको कारोबार भएको छ । त्यस्तै गुँरास लाइफ इन्सुरेन्स र सानिमा बैंकको पनि चार करोड भन्दा धेरैको कारोबार भएको छ ।
यसदिन फस्ट माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त वित्तिय संस्था, कावेली विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।
त्यस्तै गुमाउनेमा ग्लोवल आइएमई समून्नत स्किम —१, एनआइबीएल संबृद्धि फन्ड— १ कन्काइ विकास बैंकका लगानीकर्ताहरु रहेका छन् ।
प्रतिक्रिया